प्रहरी पोशाक र सुरक्षा सामग्री दुरुपयोग भएमा तत्काल सूचना दिन सशस्त्र प्रहरीको आग्रह
काठमाडौं । नेपाल प्रहरीको पोशाक तथा अन्य सुरक्षा सामग्री लुकाइ राखिएको वा दुरुपयोग भएको सूचना पाएमा नजिकको सशस्त्र प्रहरी बललाई जानकारी दिन सशस्त्र प्रहरी बलले सर्वसाधारणलाई आग्रह गरेको छ।
आइतबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय स्वयम्भु हलचोकले सूचना जारी गर्दै भनेको छ कि प्रहरी पोशाक वा अन्य सुरक्षा सामग्री प्रयोग गरिएको वा लुकाइ राखिएको खवर पाएमा नजिकैको सशस्त्र प्रहरी बल, टोल–फ्रि नं १११४ वा अन्य सुरक्षा निकायलाई जानकारी गराउन सहयोग गर्न सबैसँग अनुरोध गरिएको छ।
प्रहरी बलका अनुसार हालसालै प्रहरी पोशाक र सुरक्षा सामग्रीको दुरुपयोग भई सामाजिक सञ्जालमा फोटो र भिडियो देखिन थालेको कारण यस्तो आग्रह गरिएको हो।
सूचनामा भनिएको छ कि भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनको क्रममा नियन्त्रणमा लिएका हात हतियार, गोली गठ्ठा, पोशाक, सञ्चार साधन लगायत सुरक्षासँग सम्बन्धित सामग्रीहरू फिर्ता हुने क्रम हालसम्म जारी रहेको छ।


Facebook Comment