राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ पूरक परीक्षाको नयाँ तालिका सार्वजनिक गर्यो

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने घोषणा गरेको छ। यसअघि भदौ २८ र २९ गते परीक्षा सञ्चालन हुने तालिका सार्वजनिक गरिएको थियो, तर हालको परिस्थितिलाई मध्यनजर गर्दै बोर्डले तालिका संशोधन गरेको हो।

संशोधित तालिकाअनुसार, असोज ७ गते अनिवार्य अङ्ग्रेजी (००४१) विषयको परीक्षा सञ्चालन हुनेछ। एक विषयको मात्र परीक्षा दिने परीक्षार्थीले उक्त दिन परीक्षा दिनुपर्नेछ भने दुई विषयका परीक्षार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी र दोस्रो दिन अनिवार्य नेपाली (००२१) विषयको परीक्षा दिनेछन्।

असोज ८ गते, दुई विषयको परीक्षा दिने परीक्षार्थीले ठूलो कोड नम्बर भएको विषयको परीक्षा दिनेछन्। सो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा पनि सञ्चालन हुनेछ। बोर्डले परीक्षा केन्द्रहरू पहिल्यै निर्धारण गरिसकेको जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *