मनसुन अझै बलियो : भारी वर्षाको सम्भावना, बाहिरिन ढिलाइ

काठमाडौं । गएराति देशका धेरै स्थानमा वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा र अन्य प्रदेशका एक–दुई ठाउँमा समेत पानी परेको छ ।

आज दिउँसो पनि मौसम बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । त्यस्तै, कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई ठाउँमा भारी वर्षा पर्न सक्ने चेतावनी दिइएको छ ।

महाशाखाका मौसमविद् का अनुसार यो वर्ष मनसुन बाहिरिन अझै समय लाग्ने देखिएको छ । भारतमा सरदरभन्दा करिब दुई दिन छिट्टै मनसुन बर्हिगमन भइरहेको भए पनि नेपालमा भने सामान्यतया अक्टोबर २ तारिखमा मात्र मनसुन सकिन्छ । यस वर्ष नेपालमा मनसुन सामान्य मितिभन्दा १५ दिन अगावै, अर्थात् जुन १३ तारिखमै प्रवेश गरेको थियो ।
मौसमविद्हरूका अनुसार केही दिन अझै वर्षा जारी रहने सम्भावना छ, त्यसैले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *