संविधान दिवस २०८२ : लोकतान्त्रिक उपलब्धिको स्मरणसहित टुँडिखेलमा मूल कार्यक्रम

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष पनि विगतझैँ विविध कार्यक्रमका साथ मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा आज बिहान ८ः३० बजे टुँडिखेलस्थित सैनिक मञ्चमा दिवसको मूल समारोह आयोजना गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने तय भएको छ ।

हालको विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष झाँकीलगायतका सांस्कृतिक प्रस्तुति र आकर्षक कार्यक्रम भने स्थगित गरिएको छ ।

संविधान दिवस नेपाली जनताको लामो संघर्ष, बलिदान र राजनीतिक यात्राको उपलब्धिको प्रतीकका रूपमा मनाइन्छ । नेपालको संविधान २०७२ असोज ३ गते दोस्रो संविधानसभाबाट घोषणा भएको थियो । लामो विवाद र छलफलपछिको अथक प्रयासपछि संविधान जारी गरिएको हो ।

त्यो ऐतिहासिक क्षणमा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित संविधानसभा बैठकस्थलबाट संविधान २०७२ जारी भएको घोषणा गरेका थिए ।
यो दिवसलाई लोकतान्त्रिक मूल्य, जनसहभागिता र राष्ट्रिय एकताको प्रतीकका रूपमा हरेक वर्ष स्मरण गर्ने गरिन्छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *