हरिपूर्वामा मोटरसाइकलको ठक्कर, ६८ वर्षीय गजेन्द्र सिंहको निधन
काठमाडौं । सर्लाहीको हरिपूर्वा नगरपालिका–५ संग्रामपुरस्थित संग्रामपुर–बाँके सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
गएराति भारतीय बीआर–३० एई ८२२८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ६८ वर्षीय स्थानीय गजेन्द्र सिंह गम्भीर घाइते भएका थिए । उनलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
दुर्घटनापछि मोटरसाइकल चालक सर्लाहीकै पर्सा गाउँपालिका–५ का करिब २४ वर्षीय सरवनकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।


Facebook Comment