आज पनि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही दक्षिणमा र पूर्वतर्फ सरदर स्थानको आसपास सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका अधिकांश पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने तराईका अन्य भूभागमा आंशिक बदली रहनेछ ।
कोशी र बागमती प्रदेशका केही स्थानमा, मधेस र गण्डकी प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका एक दुई स्थानमा मध्यम वर्षा पर्ने सम्भावना रहेको छ ।
त्यस्तै, आज राति पनि कोशी, मधेसी मती र गण्डकी प्रदेशमा सामान्यतया बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदली हुने महाशाखाले जनाएको छ । साथै, यिनै प्रदेशका थोरै स्थानमा तथा अन्य पहाडी भूभागका एक दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ ।


Facebook Comment