नेपाली बजारमा सुन २७ सयले बढ्यो, चाँदी पनि महँगियो
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा २ हजार ७ सय रुपैयाँले बढ्दै २ लाख ३९ हजार रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबारसम्म सुनको मूल्य स्थिर रहँदै तोलाको २ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको थियो। शुक्रबारदेखि पुनः बढेको मूल्यले बजारमा चहलपहल थपिएको व्यवसायीहरूले बताएका छन्।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। अघिल्लो दिन तोलाको २ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर ३ हजार ६० रुपैयाँमा पुगेको महासंघले जनाएको छ।
बजार विश्लेषकहरूका अनुसार विश्व बजारमा सुन,चाँदीको माग बढ्दै गएपछि नेपाली बजारमा पनि यसको प्रभाव देखिएको हो। आगामी दिनमा पनि मूल्यमा उतार चढाव जारी रहने अनुमान गरिएको छ।


Facebook Comment