बाटो सुचारु राख्न मन्त्री कुलमानलाई युवा संघको ध्यानाकर्षण

महाधिवेशन अवधिमा सहज यातायातको व्यवस्थापन मिलाउन आग्रह
काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवासंघ नेपालका नेताहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङसँग भेटवार्ता गरेका छन् । संघका इञ्चार्ज राजीव पहारी र अध्यक्ष क्षितिज थेबे नेतृत्वको टोलीले बुधबार सिंहदरबार पुगेर भेट गरेका हुन् ।

भेटका क्रममा मङ्सिर २७ गते हुने एमालेको महाधिवेशन उद्घाटन कार्यक्रमलाई ध्यानमा राख्दै त्यस अवधिमा सञ्चालनमा रहेका निर्माण तथा सडकसम्बन्धी कार्यले आवागमनमा असर नपारोस् भन्ने विषयमा पहल गर्न युवा संघले आग्रह गरेको छ । विशेषगरी मुलिङ सडक खण्डमा हुने अवरोधका कारण काठमाडौं प्रवेशमा समस्या उत्पन्न हुन सक्ने विषय छलफलमा उठाइएको थियो ।

जवाफमा मन्त्री घिसिङले मुलिङ खण्डमा दैनिक ५–६ घण्टा हुने सवारी अवरोधलाई व्यवस्थापन गर्दै मङ्सिर २६, २७ र २८ गते काठमाडौं प्रवेश सहज बनाउने गरी विशेष व्यवस्था मिलाइने प्रतिबद्धता जनाएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *