राप्रपा अध्यक्ष लिङ्देन र इसराइलका राजदूतबीच भेटवार्ता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र नेपालका लागि इसराइलका राजदूत समुलिक एरी बासबीच भेटवार्ता भएको छ।अध्यक्ष लिङ्देनलाई भेट्न राजदूत बास राप्रपा केन्द्रीय कार्यालय पुगेका थिए।अध्यक्ष लिङ्देन र राजदूत बासबीच बिहीबार शिष्टाचार भेटवार्ता भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
भेटघाटका क्रममा हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपीन जोशीको रिहाइ, दुई देशबीचको आपसी ऐतिहासिक सम्बन्ध, सिक्दै–कमाउककदै कार्यक्रमको निरन्तरता, इसराइलमा नेपाली नागरिकको रोजगारी, कृषिमा इसराइलले गरेको प्रगति र यसबाट नेपालले लिन सक्ने लाभका विविध पक्षमा कुराकानी भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
Facebook Comment