रत्यौली निर्माणको घोषणा

काठमाडौं । नेपाली मौलिकता, परम्परा र संस्कृतिमा आधारित फिल्म ‘रत्यौली’को निर्माण घोषणा गरिएको छ । विवाह संस्कारको विशेष अङ्गका रूपमा महिलाहरुले मात्र गाउने परम्परागत लोकगीत ‘रत्यौली’बाट प्रेरित भई यो फिल्मको नाम राखिएको हो ।

रन्जन रिजालको प्रस्तुतिमा निर्माण हुने यो फिल्मबाट उनी सिनेमा निर्माणमा डेब्यु गर्न लागेका हुन् । २०६२÷६३ सालदेखि म्युजिक भिडियो क्षेत्रमा मोडलका रूपमा सक्रिय रहेका रिजालले सयौं भिडियोमा अभिनय गर्दै सशक्त छवि बनाएका छन् ।

‘नाई नभन्नु ३’ र ‘समभर लभ’ जस्ता सफल फिल्म निर्देशन गरेका मुस्कान ढकाल यो फिल्मका निर्देशक हुन् । उनका अनुसार फिल्म रत्यौली’ सांस्कृतिक र पारिवारिक कथामा आधारित हुनेछ ।

नाइट एंगल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्म नोयन्द्र धिताल, विजयकुमार पाठक र मुस्कान ढकालको लगानी हुनेछ । फिल्मको छायांकन आगामी तिहार लगत्तै सुरु हुनेछ ।

निर्देशक मुस्कान ढकालका अनुसार हाल फिल्मको लोकेशन र कलाकार फाइनल गर्ने काम सुरु भएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *