रुसमा फेरि शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

काठमाडौं । आइतबार रुसको पूर्वी भागमा अवस्थित कुरिल टापु नजिकैको कामचट्का क्षेत्रमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ। यसको तीव्रता रिक्टर स्केलमा ६.७ मापन गरिएको छ। भूकम्पपछि रूसमा सुनामीको चेतावनी जारी गरिएको छ।

यसअघि गत हप्ता सोही क्षेत्रमा ८.८ म्याग्निच्युडको ठुलो भूकम्प गएको थियो। त्यसपछि अमेरिका, रुस र जापान लगायतका देशमा सुनामी चेतावनी जारी गरिएको थियो।

कामचट्का प्रायद्वीपमा आएको भूकम्पपछि रुसको आपतकालीन सेवा मन्त्रालयले तीन जिल्लामा सुनामी छाल आउन सक्ने चेतावनी दिएको छ। मन्त्रालयले स्थानीय प्रशासन र नागरिकलाई सतर्क रहन र तटीय क्षेत्रबाट टाढा रहन सल्लाह दिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *