रुस-युक्रेन युद्धबाट नेपालीलाई फिर्ता ल्याउन पहल भइरहेको छ : परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री आरजु राणा देउवाले रुस–युक्रेन युद्धमा फसेका नेपालीहरुलाई सकुशल फिर्ता ल्याउन सरकारले पहल गरिरहेको बताएकी छन् ।संसदको अन्तर्राष्ट्रिय सम्बन्ध पर्यटन समितिको आजको बैठकमा परराष्ट्रमन्त्री राणाले नेपालीहरु फर्काउन कूटनीतिक पहल भइरहेको जानकारी दिएकी हुन् ।
उनका अनुसार युक्रेनमा बन्दी बनाइएका नेपालीहरुलाई फिर्ता गर्न कूटनीतिक पत्र पठाइएको छ । ‘कूटनीतिक पत्रमार्फत् युक्रेनका परराष्ट्रमन्त्री दिमित्रो कुलेबालाई नेपाली युद्धबन्दीको रिहाइका लागि अनुरोध गरेको,’ मन्त्री राणाले समितिको बैठकमा भनिन् ।रुसी सेनामा भर्ना भएका नेपालीहरुलाई युद्धको क्रममा युक्रेनले नियन्त्रणमा लिएर बन्दी बनाएको छ । युक्रेनको नियन्त्रणमा रहेका नेपालीहरु अहिलेसम्म पाँच जना रहेको पुष्टि भएको छ ।
मण्डनदेउपुर नगरपालिका–६ काभ्रेका सिद्धार्थ ढकाल, मोरङ लेटाङका विकास राई, बर्दिया राजापुरका विवेक खत्री र रोल्पाका प्रतीक पुन युक्रेनमा बन्दी छन् ।कतिपय नेपालीहरु युद्धमा मारिएका छन् । उनीहरुको शव नपाउँदा आफन्तले कुशको शवको प्रतीक बनाएर अन्तिम संस्कार समेत गरेका छन् ।
Facebook Comment