बामदेव गौतमलाई एकीकृत समाजवादीको वरिष्ठ नेताको जिम्मेवारी

काठमाडौं । एकीकृत समाजवादीले बामदेव गौतमसहित उनको ‘एकता अभियान’ बाट आएका नेताहरूलाई पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिएको छ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रममा गौतमलाई नेकपा एकीकृत समाजवादीको वरिष्ठ नेता बनाइएको छ। उनलाई पार्टीभित्र तेस्रो वरीयतामा राखिएको छ। सोही कार्यक्रममा गौतमले शपथ ग्रहण पनि गरेका छन्।

गौतमसँगै पार्टीमा आएका अन्य नेताहरूलाई पनि जिम्मेवारी तोकिएको छ।

जसमा पोलिटब्यूरो सदस्य: डीबी कार्की, तुलसी थापा र लोकनाथ धमला बनेका छन् भने केन्द्रीय सदस्यमा भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भारती, रवीन्द्र बम, तोफा यादव, विद्या प्रसाद शर्मा, राम प्रसाद अधिकारी र मोहम्मद शेर बागवान रहेका छन् ।

यसरी एकीकृत समाजवादीले बामदेव गौतमको नेतृत्वमा आएका सबै १५ जना नेता तथा कार्यकर्तालाई उचित जिम्मेवारी दिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *