महानगरको डोजर चलेपछि मनोहरा सुकुम्बासी बस्तीमा झडप

काठमाडौं । काठमाडौं महानगरपालिकाले मनोहरा नदी किनारमा रहेको सुकुम्बासी बस्तीमा डोजर चलाएपछि स्थानीय र प्रहरीबीच झडप भएको छ।

व्यक्तिहरूको जग्गामा अवैध रूपमा बनाइएका टहरा र घरहरू भत्काउन महानगरले डोजर प्रयोग गरेपछि स्थिति तनावग्रस्त भएको हो।

झडपका क्रममा आक्रोशित स्थानीयहरूले नगर प्रहरी र नेपाल प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका छन्। वर्षाको समयमा टहराबाट हटाएको भन्दै उनीहरूले विरोध गरेका थिए।

महानगरले साउन ८ गते नै गोरखापत्रमा सूचना प्रकाशित गरी ७ दिनभित्र संरचना हटाउन निर्देशन दिएको थियो। तर, तोकिएको समयसीमाभित्र संरचना नहटाएपछि महानगर डोजरसहित पुगेको हो।

यसअघि पनि काठमाडौं महानगरले नगरभित्रका विभिन्न ठाउँका अवैध संरचना हटाउन डोजर चलाउँदा स्थानीयसँग झडप भएको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *