विपिन जोशी सकुशल रहेको परराष्ट्रमन्त्रीको दाबी, फर्केर आउने आश्वासन

परराष्ट्र मन्त्री आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी सकुशल रहेको र फर्केर स्वदेश आउने विश्वास रहेको बताएकी छन्।सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै परराष्ट्र मन्त्री राणाले भनिन्, ‘विपिन भाइ सकुशल हुनुहुन्छ, उहाँ फर्केर आउनु हुन्छ भन्नेमा ढुक्क छु।’

जोशीको रिहाइका लागि पहल भइरहेको उनले बताइन्। इसराइलले रिहाइका लागि हमासलाई सूची पठाएको विषय आएको उल्लेख गर्दै उनले भनिन्, ‘३४ जना रिहा हुन लागेको रिपोर्ट आएको थियो तर होइन भन्ने पनि आयो।’उनले कतारका राजदूतसँग आफूले फोनमा कुराकानी गरेको र त्यहाँका विदेशमन्त्रीसँग कुराकानीको वातावरण बनाउन भनेको पनि बताएकी छन्।उनले नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत दुवै देशसँग विपिनको रिहाइका लागि विशेष पहल गरिदिन यसअघि नै आग्रह गरेकी थिइन्। सन् २०२३ को अक्टोबरमा इसरायली भूमिमा आक्रमण गरी प्यालेस्टाइनी हमास समूहले १० जना नेपालीसहित एक हजारभन्दा बढी व्यक्तिको हत्या गरेका थिए।

त्यसलगत्तै उनीहरूले केही व्यक्तिलाई अपहरण गरी लागेकामा नेपाली विद्यार्थी विपिन जोशी पनि रहेका छन्। जोशीको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक प्रयास गर्दै आएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *