राष्ट्रिय सभामा बहुमत पुगेपछि संविधान संशोधनको प्रक्रिया अघि बढ्छ :  शंकर पोख्रेल

काठमाडौं । राष्ट्रिय सभामा सत्तारूढ दलहरूको बहुमत भएपछि मात्र संविधान संशोधनको प्रक्रिया अघि बढ्ने नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताएका छन् ।

कैलालीको अत्तरियामा पत्रकारहरूसँग कुरा गर्दै पोखरेलले हाल संविधान संशोधनका लागि आवश्यक वातावरण नभएको स्पष्ट पारे । उनले भने, ‘संविधान संशोधनको विषय एकैपटक प्रवेश गर्ने कुरा होइन । त्यसका लागि वातावरण बनाउनुपर्छ ।’

उनले थपे, ‘अहिले राष्ट्रिय सभामा सरकारमा रहेका प्रमुख दलहरूको बहुमत छैन । तर, पाँच-छ महिनापछि १९ सिट खाली हुँदा दुई दल मिलेर सफलता हासिल गर्नेछौं । त्यसपछि मात्र हामी संविधान संशोधनको विषयमा प्रवेश गर्नेछौं ।’

सरकार गठनका बेला नेपाली कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिअनुसार नै सरकार अगाडि बढिरहेको पनि उनले दाबी गरे ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *