डोनाल्ड ट्रम्पले कर लगाउने घोषणा गरेपछि क्यानडाले चाल्यो यस्तो कदम
क्यानडाले सीमासम्बन्धी नयाँ नियमहरू घोषणा गरेको छ। यसअन्तर्गत देशको अमेरिकी सीमामा नयाँ सुरक्षा उपायहरू लागू गरिने बताइएको हो।नयाँ नियमअनुसार सीमा निगरानीलाई मजबुत बनाइनेछ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भर्खरै क्यानडाबाट अमेरिका आउने हरेक उत्पादनमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका बेला क्यानडाले यो घोषणा गरेको हो ।
ट्रम्पले क्यानडाविरुद्धको यो शुल्क आप्रवासी र अवैध लागुऔषध रोक्न आवश्यक भएको बताएका थिए । ट्रम्पको घोषणापछि अर्थशास्त्रीहरूले यस्तो करले क्यानडाको अर्थतन्त्रलाई नै धक्का दिन सक्ने बताएका छन्।
Facebook Comment