नुवाकोटमा बाँदरको आक्रमणबाट एक किसानको मृत्यु
काठमाडौं । नुवाकोटको कविलासमा बाँदरको आक्रमणबाट एकजना किसानको ज्यान गएको छ। पन्चकन्या गाउँपालिका-२, कविलास कोटथोकका ५८ वर्षीय गोकर्ण नेपालीको बुधबार बिहान बाँदरको आक्रमणबाट मृत्यु भएको हो।
स्थानीयका अनुसार, आफ्नो बारीमा पसेको बाँदरको बथान धपाउने क्रममा नेपालीमाथि आक्रमण भएको थियो। वडाध्यक्ष रामशरण श्रेष्ठका अनुसार, करिब सयभन्दा बढी बाँदरको बथानले एक्कासी आक्रमण गर्दा उनी अचेत भएका थिए।
गम्भीर घाइते भएका नेपालीलाई स्थानीयले उद्धार गरी उपचारका लागि काठमाडौंतर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको थियो।
Facebook Comment