भण्डारीको सम्पर्क कार्यालय उद्घाटनमा ओलीसँग भेटघाट नभएको खुलासा

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले थापागाउँमा मदन भण्डारी हीरक महोत्सवको कार्यालय उद्घाटन गरेकी छन्। बिहीबार दिउँसो २ बजे आयोजित कार्यक्रममा उनले कार्यालयको उद्घाटन गरेकी हुन्।

मदन भण्डारी हीरक महोत्सव मूल व्यवस्थापन समितिका संयोजक डोरमणि पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उद्घाटन समारोहमा आमन्त्रण गर्न खोजे पनि सफल हुन सकेनन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रधानमन्त्रीको व्यस्त कार्यतालिका र अस्वस्थताका कारण भेट हुन नसकेको हो। सचिवालयले पूर्वराष्ट्रपति भण्डारीको तर्फबाट निम्ता नआएको पनि स्पष्ट पारेको छ। यद्यपि, डोरमणि पौडेलले भेट्न खोज्दा समय नपाएको हुन सक्ने कुरा पनि सचिवालयले जनाएको छ।

मदन भण्डारी हीरक महोत्सवको कार्यालय भनिए पनि यो स्थान पूर्वराष्ट्रपति भण्डारीको सम्पर्क कार्यालयको रूपमा प्रयोग हुँदै आएको छ। भण्डारीनिकट नेता तथा कार्यकर्ताहरू त्यहाँ नियमित रूपमा भेला र छलफल गरिरहेका छन्।

उद्घाटन कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारी र नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतका नेताहरूको उपस्थिति थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *