पाकिस्तानविरुद्ध नेपालको शानदार सुरुवात, पावरप्लेमा दुई विकेट लिएर उत्कृष्ट प्रदर्शन ।

काठमाडौं । अष्ट्रेलियामा भइरहेको टप एण्ड टी–२० शृङ्खलामा नेपालले पाकिस्तान शाहीन्स विरुद्ध उत्कृष्ट सुरुवात गरेको छ। पावरप्लेमा नेपालका दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिएपछि पाकिस्तानले ३१ रन मात्र बनाउन सक्यो।

दीपेन्द्रले आफ्नो दोस्रो ओभरमा पाकिस्तानका मोहम्मद फैक र माज सदकतको महत्त्वपूर्ण विकेट लिए।

यस शृङ्खलाको सेमिफाइनलमा प्रवेश गर्नका लागि नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ। हालसम्म ११ टोलीमध्ये नेपाल पाँच खेलमा दुई जित र तीन हारका साथ सातौँ स्थानमा छ। पाकिस्तान भने पाँच खेलमा ६ अंकसहित दोस्रो स्थानमा छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *