पूर्वराष्ट्रपति रनिल विक्रमसिंघे सरकारी कोष दुरुपयोग गरेको आरोपमा पक्राउ।
काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति रानिल विक्रमसिंघे सरकारी कोषको दुरुपयोग गरेको आरोपमा पक्राउ परेका छन्। उनलाई शुक्रबार राजधानी कोलम्बोको मजिस्ट्रेट अदालतमा पेस गरिने भएको छ।
प्रहरीका अनुसार यो आरोप उनको राष्ट्रपतिका रुपमा भएका विदेश भ्रमणसँग सम्बन्धित छ। सन् २०२३ मा न्यूयोर्कमा भएको संयुक्त राष्ट्र संघको महासभाबाट फर्कने क्रममा उनी सरकारी खर्चमा आफ्नी श्रीमतीसँग व्यक्तिगत कामका लागि लन्डनमा बसेको आरोप लागेको छ।
विक्रमसिंघेले आफूमाथि लगाइएका आरोपहरूको खण्डन गर्दै लन्डनमा आफू धेरै बैठकमा सहभागी भएको बताएका छन्। उनले सन् २०२२ देखि २०२४ सम्म श्रीलंकाको राष्ट्रपति पद सम्हालेका थिए। आर्थिक संकटका कारण तत्कालीन राष्ट्रपति गोटाबाया राजपक्षेले देश छोडेपछि उनी राष्ट्रपति बनेका थिए।
Facebook Comment