किन पक्राउ परे एमाले युवा नेता मल्ल, अदालतको अनुमतिमा मिलापत्रको छ अवसर

बैंकसँग अनधिकृत रूपमा रकम भुक्तानी माग गरेबापत एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन् ।उनी विभिन्न युरोपेली तथा अमेरिकी मुलुकमा मानिस पठाउने नाममा आर्थिक संकलनकार्यमा सक्रिय भएको प्रहरीले जनाएको छ । भनेको मुलुक पठाउन नसकेपछि लिएको रकम फिर्ता गर्ने क्रममा उनले मौज्दात रकम नभएको खाताको चेक काटेका थिए ।

उनले २० लाख ५० हजार रुपैयाँ ठगी गरेका छन् ।मल्ललाई सोमबार जिल्ला प्रहरी परिसर भक्तपुरले पक्राउ गरी काठमाडौं पठाएको थियो । काठमाडौं प्रहरीले आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाएको जिल्ला प्रहरी प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।उनीविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन– २०६४ को दफा ३ (ग) अनुसार मुद्दा अगाडि बढ्ने प्रहरीले जनाएको छ । उक्त दफामा ‘कसैले पनि बैंक वा वित्तीय संस्थामा खाता खोल्दा वा रकम भुक्तानी माग गर्दा आफ्नो खातामा मौज्दात रकम नभएको जानीजानी चेक काट्न नपाइने उल्लेख छ ।

उनले महाराजगञ्जमा शाखा कार्यालय रहेको बैंकको चेक जारी गरेका कारण प्रहरीले त्यहीँबाट थप कारबाही अगाडि बढाएको हो । उक्त मुद्दा जिल्ला अदालतको क्षेत्राधिकारभित्र पर्छ । पहिला यस्तो मुद्दा उच्च अदालतको वाणिज्य इजलासले हेथ्र्यो ।प्रहरीका अनुसार मल्ललाई पीडितसँग छलफल गर्ने र फिर्ता गर्नुपर्ने रकम फिर्ताका निम्ति मौका दिइन्छ । रकम फिर्ता गरेमा अदालतको अनुमतिमा दुई पक्षबीच मिलापत्र हुने सुविधा दिने गरिन्छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *