नेपालमा बाढीसम्बन्धी पूर्वसूचना अब फोनबाटै दिइने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बाढीसम्बन्धी पूर्वसूचनालाई थप प्रभावकारी बनाउन ‘भ्वाइस कल’ सेवा सुरु गर्ने तयारी गरेको छ। यसअघि एसएमएसमार्फत मात्र सूचना दिने गरेको विभागले अबदेखि भने फोन गरेरै सर्वसाधारणलाई जानकारी दिनेछ।

‘भ्वाइस कल’ सेवाको सुरुवात
विभागका बाढीविद् विनोद पराजुलीले नेपाल टेलिकमसँगको सहकार्यमा यही सातादेखि परीक्षणका रूपमा ‘भ्वाइस कल’मार्फत सूचना प्रवाह गर्ने तयारी भइरहेको जानकारी दिए। उहाँका अनुसार सबै मानिसहरूले एसएमएस पढ्न नसक्ने वा त्यसको जानकारी नपाउने समस्या समाधान गर्न यो सेवा सुरु गर्न लागिएको हो।

पहाड र हिमालमा पनि पूर्वसूचना प्रणालीको आवश्यकता
पूर्वसूचना प्रणालीका कारण बाढीबाट हुने धनजनको क्षतिमा कमी आएको पराजुलीले बताए। तर, उनका अनुसार अहिले यस्ता प्रणालीहरू तराईका नदीमा मात्र बढी जडान भएका छन्। जलवायु परिवर्तनका कारण पहाडी र हिमाली क्षेत्रमा पनि बाढीका घटना बढ्न थालेकाले अब ती क्षेत्रमा पनि पूर्वसूचना प्रणाली जडान गर्नुपर्ने आवश्यकता देखिएको छ।

जलवायु तथा विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले पनि हिमताल फुट्ने जोखिम बढेकाले त्यस्ता संवेदनशील क्षेत्रमा पूर्वसूचना प्रणाली जडान गर्नुपर्नेमा जोड दिए। उनका अनुसार ‘भ्वाइस कल’ सेवाले यस्तो अवस्थामा अझ प्रभावकारी रूपमा सूचना पुर्याउन मद्दत गर्नेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *