मोरङको रतुवामाईमा ग्यास सिलिन्डर पड्किँदा तीन पसल जले, करिब ८ लाखको क्षति

काठमाडौं । मोरङ जिल्लाको रतुवामाई नगरपालिका–६ स्थित सौँठा चोकमा सोमबार बिहान भीषण आगलागी भएको छ। प्रहरीका अनुसार आगलागीको कारण ग्यास सिलिन्डर पड्किनु हो।

घटनामा टीका खनालले सञ्चालन गर्दै आएको चिया पसल, सूर्यमान श्रेष्ठको चस्मा पसल तथा एक किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। मोरङ प्रहरीका प्रवक्ता डिएसपी कोपिला चुँडालले आगलागीबाट करिब ८ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिइन्।

स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीले घटनास्थलमा सक्रिय भएर आगो नियन्त्रणमा ल्याएको जनाइएको छ। आगलागीका थप कारण र क्षतिको विस्तृत विवरणबारे अनुसन्धान जारी छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *