गाजामा आक्रमण: इजरायली कारबाहीमा १५ मृत, पत्रकार पनि मारिए

काठमाडौं । गाजामा सोमबार इजरायली सेनाको आक्रमणमा परी चार पत्रकारसहित कम्तीमा १५ जनाको मृत्यु भएको छ।
बीबीसीका अनुसार, गाजापट्टिको दक्षिणी क्षेत्रमा अवस्थित नासेर अस्पताललाई इजरायली सेनाले निशाना बनाएको हो।

मृतकहरूमध्ये चार जना गाजाबाट अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका लागि काम गरिरहेका पत्रकार थिए।
समाचार संस्था रोयटर्सले आफ्ना क्यामेरा पर्सनको मृत्यु पुष्टि गरेको छ भने अन्य तीन जना पत्रकार अल जजिरा, एसोसिएटेड प्रेस (एपी) र एनबीसीसँग आवद्ध रहेको खुलेको छ।

यस आक्रमणले गाजामा पत्रकार तथा सर्वसाधारणको सुरक्षाको अवस्था झनै गम्भीर बन्दै गएको संकेत देखाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *