लिपुलेक–लिम्पियाधुरा विवादमा अब निर्णायक पहल गर्ने बेला : बास्कोटा
काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले लिपुलेक–लिम्पियाधुरा क्षेत्रका विषयमा भारत र चीन दुवैले नेपालप्रति चासो नदेखाउने नीति अपनाएकोमा नेपाली नेता र कूटनीतिज्ञ जानकार रहेको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत र चीन भ्रमणलाई उनले विवाद समाधान गर्ने “स्वर्ण अवसर”को रूपमा चित्रण गरेका छन्। बास्कोटाका अनुसार यो विषयमा दृढताका साथ कुरा गर्न सक्ने सामर्थ्य प्रधानमन्त्री ओलीबाहेक अरूमा छैन।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बास्कोटाले एक चिनियाँ उखान स्मरण गराउँदै भनेका छन्, “मिचाहालाई एक इञ्च मिच्न दिए, एक माइल मिच्छ।” उनले यही भनाइ जोड्दै लिपुलेक–लिम्पियाधुरा विवादमा अब निर्णायक पहल गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
Facebook Comment