माओवादी केन्द्रले बोलायो विपक्षी दलहरुको संयुक्त बैठक

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले विपक्षी दलहरुको संयुक्त बैठक आह्वान गरेको छ । बैठक अहिले बिहान ९ बजे सिंहदरबारमा बोलाइएको छ ।

माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बस्ने बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल हुने नेताहरुले बताएका छन् । वर्तमान सरकारले जनप्रिय काम नगरेको भन्दै विपक्षी दलहरु मिलेर अघि बढ्ने रणनीतिमा छन् ।सिन्धुपाल्चोकको सुकुटेमा मङ्गलबारको पत्रकार भेटघाटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वर्तमान सरकार अप्राकृतिक गठबन्धनबाट बनेको र अलोकप्रिय काम गरेकाले सरकारको आयु छोटिँदै गएको जिकिर गरेका थिए ।

यो सरकार टिकिराखोस् भन्ने चाहना आफूहरुको नरहेको पनि प्रचण्डले बताएका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *