उखु किसानको धर्नास्थलमा माधव नेपालको ऐक्यबद्धता, समस्याको समाधानमा जोड

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उखु किसानको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन्। मंगलबार माइतीघर मण्डलामा जारी धर्नास्थलमा पुगेर उनले किसानहरूको आन्दोलनलाई समर्थन गर्दै केही समय धर्नामा पनि सहभागिता जनाए।

धर्नास्थलमा किसानहरूसँग संवाद गर्दै अध्यक्ष नेपालले उनीहरूको माग र समस्याबारे जानकारी लिए। उनले आफ्नो पार्टीले किसानको मुद्दा संसदमा निरन्तर उठाउँदै आएको र आन्दोलनस्थलमा उपस्थित भएर किसानहरूको मनोबल बढाउन चाहेको बताए।

पूर्वप्रधानमन्त्री नेपालले उखु किसानको आन्दोलन कुनै व्यक्तिगत स्वार्थका लागि नभई राष्ट्रिय अर्थतन्त्रसँग जोडिएको गम्भीर विषय भएको उल्लेख गरे। किसानहरूले वर्षौंदेखि भोग्दै आएको समस्याको समाधान गर्न सरकार गम्भीर हुनुपर्ने धारणा व्यक्त गर्दै, उनले जायज मागहरू तत्काल सम्बोधन गर्न आग्रह गरे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *