एक क्विन्टलभन्दा बढी गाँजासहित एक जना पक्राउ

मकवानपुरबाट एक क्विन्टलभन्दा बढी गाँजा सहित एकजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका-२ डाँडाखर्कका ३४ वर्षीय रावल स्याङ्बो छन्।

मंगलबार बिहान हेटौंडाबाट निजगढ जाँदै गरेको बा ७ ख २५१० नम्बरको पिकअप गाडीलाई हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोइन्टमा चेकजाँचका लागि प्रहरीले रोकेको थियो।चेकजाँचका क्रममा गाडीमा खाली क्रेटले छोपेर राखिएको अवस्थामा १११ किलो गाँजा बरामद भएको मकवानपुर प्रहरीले जनाएको छ।गाँजा बरामद भएपछि प्रहरील उक्त पिकअप गाडीका चालक स्याङ्बोलाई नियन्त्रणमा लिएको थियो।

  • उनीविरूद्ध लागुऔषध ओसारपसार कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *