काठमाडौं । चर्चित हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ब्याडमिन्टन खेल्ने क्रममा लडेर घाइते भएका छन्। मंगलबारको घटनामा उनको दायाँ हातको कुममा चोट लागेको हो।
एभरेष्ट हस्पिटलका डा. सम्पूर्ण महर्जन (एमएस)का अनुसार घिमिरेको दायाँ डिस्टल क्ल्याभिकलमा चिप फ्र्याक्चर भएको छ। डाक्टर महर्जनले घिमिरेलाई कम्तीमा चार हप्ता हातलाई पूर्ण विश्राम दिनुपर्ने सल्लाह दिएका छन्।
यद्यपि हातमा चोट लागे पनि घिमिरे हाल प्रदर्शनमा रहेको आफ्नै मुख्य भूमिका समेटिएको चलचित्र ‘माग्ने राजा’ को प्रचारप्रसारमा सक्रिय छन्। दर्शकहरूसँग प्रत्यक्ष भेटघाट गर्न उनी विभिन्न हलहरूमा उपस्थित भइरहेका छन्।
चलचित्रले आज प्रदर्शनको छैटौं दिनमा पनि उल्लेखनीय दर्शक साथ पाएको चलचित्र टिमले जनाएको छ। चोटपटकका बाबजुद माग्ने बुढाको दर्शकप्रतिको समर्पण र प्रेमले प्रशंसा पाएको छ।
Facebook Comment