तनहुँमा मकै बीउ उत्पादन र प्रवर्द्धनमा तीव्रता, ४,०८५ रोपनीमा कार्यक्रम विस्तार

काठमाडौं । तनहुँ जिल्लामा मकै बीउ उत्पादन र मकै बाली प्रवर्द्धनलाई प्रोत्साहन गर्न यहाँस्थित कृषि ज्ञान केन्द्रले ठूलो क्षेत्रफलमा कार्यक्रम सञ्चालन गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका २० वटा कृषक समूहहरूमार्फत ४,०८५ रोपनी जमिनमा यो कार्यक्रम कार्यान्वयन गरिएको हो।

कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख गोपाल शर्मा लामिछानेका अनुसार यो कार्यक्रम प्रदेश सरकारअन्तर्गत कृषि, भूमि तथा सहकारी मन्त्रालयको उच्च प्राथमिकता भित्र पर्छ। कार्यक्रममा सहभागी हुन प्रत्येक समूह (क्लस्टर) मा कम्तीमा १०० रोपनी जमिन हुनु अनिवार्य प्रावधान रहेको छ।

कुल ६८ लाख रुपैयाँ बजेटमध्ये ३९ लाख २ हजार रुपैयाँ खर्च भइसकेको जानकारी दिँदै लामिछानेले कृषक समूहहरूलाई ५० देखि ८५ प्रतिशत अनुदानमा कृषि सामग्रीहरू वितरण गरिएको बताए।

कार्यक्रम अन्तर्गत मकै बीउ उत्पादनका लागि ५,४१४ किलो बीउ वितरण गरिएको छ। साथै, ३९ थान मिनिटिलर, २१ थान कम्बाइन मिल, ४७ थान मकै छोडाउने उपकरण, १४ थान डिजिटल तराजु, ५२ थान स्प्रेयर, ४२० थान त्रिपाल र २०० मिटर कुलो वितरण गरिएको छ।

कार्यक्रम सञ्चालन भएका मुख्य क्षेत्रहरू यसप्रकार छन्:

आँबुखैरेनी–६: एकता कृषक समूह – १०० रोपनी

घलडाँडा कृषक समूह – ४०० रोपनी

गाउँघर कृषक सहकारी संस्था, आँबुखैरेनी–२ – २०० रोपनी

मिलीजुली कृषि तथा पशुपालन समूह, ऋषिङ–३ – १२० रोपनी

कालीगण्डकी कृषि सहकारी संस्था, घिरिङ – १५० रोपनी

हिमशिखर बहुउद्देश्यीय सहकारी, बन्दीपुर – १०० रोपनी

आँधीमूल तरकारी उत्पादक सहकारी, बन्दीपुर – ३०० रोपनी

पिपलटार कृषक समूह, व्यास – १०० रोपनी

हरियाली फलफूल तथा तरकारी कृषक समूह – १६० रोपनी

जौबारी कृषक समूह – १०० रोपनी

बर्लाची कृषि उत्पादक सहकारी – ४०० रोपनी

पोखरीडाँडा कृषक समूह – १०० रोपनी

अन्नपूर्ण कृषि उत्पादक सहकारी – १०० रोपनी

साथ फलफूल तथा कृषि सहकारी, भानु – ४०० रोपनी

नवआकृति बहुउद्देश्यीय कृषक समूह – १५० रोपनी

समता कृषि सहकारी संस्था – ३०० रोपनी

फाउदी कृषि सहकारी संस्था – ५०० रोपनी

नेपानेटारी कृषक समूह, म्याग्दे – १०५ रोपनी

माहिन्द्री गङ्गा कृषि सहकारी – २०० रोपनी

नमूना कृषि तथा पशुपालन कृषक समूह, म्याग्दे – १०० रोपनी

कृषि ज्ञान केन्द्रले यस्तो कार्यक्रममार्फत तनहुँ जिल्लामा मकै बीउ उत्पादन वृद्धि गर्दै कृषकहरूको उत्पादन क्षमतामा सुधार ल्याउने लक्ष्य राखेको छ। यसबाट जिल्लामा मकै बीउको आत्मनिर्भरता बढ्ने अपेक्षा गरिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *