चन्द्र कुवेर खापुङ नेपाल प्रहरीको ३२औं महानिरीक्षकमा नियुक्त
काठमाडौं । सरकारले नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) मा चन्द्र कुवेर खापुङलाई नियुक्त गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले खापुङलाई प्रहरी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो।
खापुङ नेपाल प्रहरीका ३२औं आईजीपीका रूपमा नियुक्त भएका हुन्। हालका आईजीपी दिपक थापा यही भदौ १८ गते अनिवार्य अवकाशमा जाँदैछन्। थापाको अवकाशपछि रिक्त हुने पदमा खापुङलाई जिम्मेवारी दिन सरकारले निर्णय लिएको हो।
Facebook Comment