अभद्र व्यवहारसम्बन्धी मुद्दामा पक्राउ परेकी आशिका तामाङलाई पाँच दिन हिरासत राख्न अनुमति

अभद्र व्यवहारको आरोपमा बुधबार दिउँसो पक्राउ परेकी आशिका तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।प्रहरी वृत्त गौशालाका अनुसार तामाङविरुद्ध थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप भएको हो।

आफूलाई सामाजिक अभियन्ता बताउँदै आएकी आशिमाथि अभद्र व्यवहारको उजुरी परेको थियो। तामाङविरुद्ध पशुपति क्षेत्र विकास कोषले उजुरी दर्ता गराएको थियो।पशुपति क्षेत्र विकास कोषले कर्मचारीमाथि गालीगलौज र दुव्र्यवहार गरेको भन्दै उजुरी दिएपछि तामाङमाथि अनुसन्धान सुरु भएको थियो। उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति लिएर उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार तामाङले कोष परिसरभित्र कर्मचारीसँग विवाद गरेको मात्र नभई, महिला प्रहरीमाथि दुव्र्यवहार र धकेलाधकेल गरेको आरोपसमेत छ। उक्त घटनासम्बन्धी भिडिओ सामाजिक सञ्जालमा समेत भाइरल बनेको थियो।

प्रहरी वृत्त स्वयम्भूले तामाङलाई पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशालामा पठाएको थियो।आशिकाले सामाजिक अभियन्ताको रूपमा विभिन्न विषयमा सक्रियता देखाउँदै फेसबुकलगायतका प्लेटफर्महरूमा भिडिओ पोस्ट गर्दै आएकी छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *