सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको २ लाख ७ हजार ९ सय रुपैयाँ
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हरेक दिन नयाँ कीर्तिमान कायम गरिरहेको छ। बुधबार सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य हिजोको तुलनामा प्रतितोला २ हजार रुपैयाँले बढेको हो। मंगलबार सुनको भाउ प्रतितोला २ लाख ५ हजार ९ सय रुपैयाँ थियो।
यसैगरी, अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यमा वृद्धि भएको छ। आज प्रतिऔंस सुनको मूल्य ३ हजार ५३६ अमेरिकी डलर पुगेको छ।
सुनको भाउ आकासिँदा चाँदीको मूल्य भने केही घटेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर २ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ।
सुन र चाँदीको मूल्यमा भइरहेको यो उतारचढावलाई नजिकबाट नियालिरहेका व्यवसायी तथा उपभोक्ताहरू यसबाट प्रभावित बनेका छन्।


Facebook Comment