अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशन चैत्र मसान्तभित्र हुने
नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशन चैत्र मसान्तभित्र हुने हुने भएको छ । बुधबार बसेको अनेरास्ववियु १२औँ सचिवालय बैठकले राष्ट्रिय महाधिवेशन चैत्र मसान्तभित्र सम्पन्न गर्ने निर्णय गरेको हो ।
अनेरास्ववियुका सचिव तथा प्रवक्ता प्रकाश पौडेलका अनुसार २४औँ राष्ट्रिय महाधिवेशनको मिति छिट्टै सार्वजनिक हुनेछ । साथै फागुन १५ गते त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन तोकिएकै मितिमा सम्पन्न गराउन विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरी दबाब सृजना गर्ने र निर्वाचन सफल बनाउन सर्वपक्षीय छलफल आह्वान गर्ने निर्णय भएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।
प्रवक्ता पौडेलका अनुसार त्रिभुवन विश्वविद्यालय धर्नारत स्ववियु सचिव सिधान्त भट्टका ३५ बुँदे माग अविलम्ब पूरा गर्न सम्बन्धित निकायलाई गम्भीर ध्यानाकर्षण गराउने निर्णयसमेत बैठकले गरेको छ ।
यस्ता छन् अनेरास्ववियु सचिवालय बैठकका निर्णयहरु
१. अनेरास्ववियु केन्द्रीय कमिटी बैठक चौथो २०८१ माघ ६,७,८ काठमाडौमा हुने निर्णय भयो ।
२.फागुन १५ गते त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन तोकिएकै मितिमा सम्पन्न गराउन त्रिभुवन विश्वविद्यालयका पदाधिकारी संग छलफल गरि दबाब सिर्जना गरि निर्वाचन सफल बनाउन सर्बपक्षिय छलफल आह्वान गर्ने निर्णय भयो ।
३. २०८१ चैत्र मसान्त भित्र २४औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने निर्णय मितिपछि सार्बजनिक हुनेछ ।
४. त्रिभुवन विश्वविद्यालयमा स्ववियु सचिव सिधान्त भट्टले ३५ बुदे विश्वविद्यालय सुधार को लागि राखेको धर्नाका माग अविलम्ब पूरा गर्न सम्बन्धित निकायलाइ गम्भीर ध्यानाकर्षण ।
Facebook Comment