राष्ट्रपति पौडेलले गरे निर्माणाधीन फास्ट ट्र्याक अवलोकन

 

राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौं–तराई मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) को अवलोकन गरेका छन्।उनले आयोजनाको काम कारबाही र प्रगतिबारे जानकारीसमेत लिएको हुन्।

निर्माणाधीन सुरूङ, पुल र सडकको अवलोकन गर्नुका साथै आयोजना सम्पन्न गर्न भइरहेका प्रयास र प्रयत्नबारे राष्ट्रपतिले शुक्रबार आवश्यक जानकारी लिएको उनको सचिवालयले जनाएको छ।मुलुकका राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा प्राथमिकतामा रहेको उक्त आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ।निरीक्षणपछि राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको समयावधिभित्र पूरा गर्न उच्च मनोबलका साथ काम गर्न सेनालाई निर्देशन दिएका थिए।

काठमाडौं, ललितपुर, मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने द्रुतमार्ग निर्माणपछि मुलुकको विकास र समृद्धिमा ठूलो योगदान पुग्ने अपेक्षा राखिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *