मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन शून्य प्रतिशत

राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन प्रतिशत शून्य रहेको पाइएको छ ।

शुक्रबार प्रतिनिधिसभा अन्तरगतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा आयोगका सदस्य मिहीर ठाकुरले यस्तो जानकारी गराएका हुन् । ‘आयोगको वर्तमान हाम्रो कार्यकालको सिफारिस कार्यान्वयन प्रतिशत शून्य छ । अगाडि १४ प्रतिशत सिफारिस भएको थियो । हाम्रो पालामा एउटा पनि सिफारिस कार्यान्वयन भएन,’ उनले भने । आयोगका अध्यक्ष तपबहादुर मगरले पनि सिफारिस कार्यान्वयन अवस्था कमजोर रहेको बताएका थिए । अध्यक्ष मगरले मानव अधिकार आयोग ऐन संशोधन विधेयक तयार गरेर पठाउँदा समेत सरकारले अगाडि नबढाएको गुनासो गरे ।

उनका अनुसार आयोगको अन्तर्राष्ट्रिय श्रेणी घटुवासम्मको विषय आएको र आयोगका सिफारिस कार्यान्वयन लगायत समयानुकूल संशोधन गर्ने गरी तीन महिना अगाडि नै विधेयक सरकारलाई बुझाइएको छ ।

 

 

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *