सरकारले अध्यादेश ल्याएर कानुन सुधार गर्न खोजेकोप्रति निजी क्षेत्र उत्साहित रहेको गगन थापाको दाबी

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अध्यादेश ल्याएर सरकारले अहिले गर्न खोजिएको कानुनी सुधारप्रति निजी क्षेत्र उत्साहित भएको बताएका छन्।

निजी क्षेत्रसँग सरकारले निजी क्षेत्रको विश्वास बढाउन र व्यावसायिक वातावरण सहज बनाउन गरेका र गर्न खोजेका प्रयासका सम्बन्धमा छलफल गरेकोपछि निजी क्षेत्र उत्साहित भएको पाइएको बताएका हुन्।‘अहिले गर्न खोजिएको कानुनी सुधारप्रति निजी क्षेत्रका साथीहरू उत्साहित हुनुहुन्छ’, उनले भनेका छन्, ‘हामीले अहिलेभन्दा सहज रूपमा काम गर्न सकिने वातावरण निर्माणका लागि के कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा पनि छलफल गरेका छौँ।

’ उनले अब सुधारको रफ्तार बढाउनुपर्नेमा जोड दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *