लम्कीचुहा गोदाममा आगलागी : ७० लाखभन्दा बढीको क्षति, मानवीय क्षति भएन

काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका–१ लम्कीस्थित टीकापुर रोडमा रहेको जुत्ताचप्पलको गोदाममा आगलागी हुँदा ठूलो धनमालको क्षति भएको छ।

शुक्रबार राति करिब पौने ३ बजे कल्पना ट्रेडर्स एण्ड सप्लायर्समा आगो लाग्दा गोदाममा भण्डारण गरिएका सम्पूर्ण जुत्ता र चप्पल जलेर नष्ट भएका छन्। प्रारम्भिक अनुमान अनुसार आगलागीबाट करिब ७० लाख रुपैयाँभन्दा बढी क्षति भएको प्रहरीले जनाएको छ।

आगो लागेपछि लम्कीचुहा नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सक्रियतामा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले जानकारी दिए।

लम्की निवासी कल्पना जैशीको स्वामित्वमा रहेको उक्त गोदाममा मानवीय क्षति भने नभएको प्रहरीले स्पष्ट पारेको छ। आगलागी कसरी भयो भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *