नेपाली एमएमए च्याम्पियन रविन्द्र ढाँट रोहिनी इन्टरनेशनल एजुकेशन सर्भिसेसको ब्रान्ड एम्बेस्डरमा नियुक्त

काठमाडौं। नेपाली मिक्स्ड मार्सल आर्ट्स (एमएमए) का चर्चित फाइटर रविन्द्र ढाँट रोहिनी इन्टरनेशनल एजुकेशन सर्भिसेसको ब्रान्ड एम्बेस्डर बनेका छन्। भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफएन) मा ऐतिहासिक उपाधि जितेर नेपाललाई गौरव दिलाएका ढाँटलाई रोहिनीले ब्रान्ड एम्बेस्डरको रूपमा अनुबन्धित गरेको हो।

शनिबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा ढाँटले सम्झौतापत्रमा हस्ताक्षर गरे। उनले रोहिनी इन्टरनेशनल एजुकेशन सर्भिसेससँग जोडिन पाउँदा आफू निकै खुसी भएको बताए। “रोहिनी इन्टरनेशनल एजुकेशन सर्भिसेसले मलाई ब्रान्ड एम्बेस्डरको रूपमा चुनेकोमा म धेरै आभारी छु,” उनले भने।

यता, रोहिनी इन्टरनेशनल एजुकेशन सर्भिसेसले पनि ढाँटजस्ता सफल र प्रेरणादायी व्यक्तित्वलाई आफ्नो ब्रान्ड एम्बेस्डर बनाउन पाउँदा उत्साहित भएको जनाएको छ। ढाँटको सफलताले युवाहरूलाई आफ्नो लक्ष्य प्राप्तिका लागि प्रेरित गर्ने विश्वास रोहिनीले लिएको छ।

 

 

 

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *