खोला तर्ने क्रममा डुबेर ६२ वर्षीय पुरुषको निधन

काठमाडौं । झापाको भद्रपुर नगरपालिका–३, भैसाबाडीस्थित मेची खोलामा डुबेर एक जना पुरुषको ज्यान गएको छ। झापा, कचनकवल गाउँपालिका–६ पैनीटोलाका ६२ वर्षीय सोनुलाल मुर्मुको खोलामा बगेको अवस्थामा शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज दिउँसो करिब १२:२० बजे स्थानीयले खोलामा एक जना बगेको देखेपछि उद्धार गरी बाहिर निकालेका थिए। तर, उनी मृतावस्थामा फेला परेका थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानले मुर्मु भारतमा रहेकी छोरीको घर जाने क्रममा मेची खोला तर्ने क्रममा डुबेको देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *