दाङमा जुवाखेलबाट १ लाख ६० हजारभन्दा बढी नगदसहित १२ जना पक्राउ

काठमाडौं । जिल्लाको घोराही उपमहानगरपालिका-१४, दामोदर चोकस्थित ‘द ब्ल्याक क्याप रेस्टुरेन्ट’बाट जुवा खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।

गए राति गरिएको विशेष प्रहरी कारबाहीका क्रममा उनीहरूलाई जुवाखालबाट रङ्गेहात पक्राउ गरिएको हो। तुलसीपुर उपमहानगरपालिका-९ का ३४ वर्षीय हिमराज खड्कासहित १२ जनाको समूह जुवा खेलिरहेका थिए।

दाङ जिल्ला प्रहरी कार्यालय र घोराहीस्थित वडा प्रहरी कार्यालयको संयुक्त टोलीले उनीहरूबाट नगद १ लाख ६० हजार ९ सय ४० रुपैयाँ र १२ बुक तास बरामद गरेको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *