सुनको मूल्यले फेरि तोर्यो रेकर्ड, एक तोला २ लाख १२ हजार पुग्दा चाँदी पनि महँगियो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले लगातार नयाँ कीर्तिमान बनाउँदै आएको छ। आज पुनः एक पटक सुनको मूल्यमा १६ सय रुपैयाँको वृद्धि भई इतिहासमै सबैभन्दा उच्च मूल्य कायम भएको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज (आइतबार) छापावाल सुनको मूल्य तोलाको २ लाख १२ हजार रुपैयाँ पुगेको छ। अघिल्लो साता शुक्रबार सोही सुन २ लाख १० हजार ४ सय रुपैयाँ मा कारोबार भएको थियो।
सुनको मूल्य उकालो लागेसँगै चाँदी पनि महँगिएको छ। महासंघका अनुसार आज चाँदी तोलामा २ हजार ५ सय रुपैयाँ मा कारोबार भइरहेको छ, जुन अघिल्लो कारोबार दिन २ हजार ४ सय ९० रुपैयाँ थियो।
आजको बजार दर:
छापावाल सुन (प्रति तोला): रु. २,१२,०००
चाँदी (प्रति तोला): रु. २,५००
विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्य वृद्धिको प्रभाव, विदेशी मुद्राको विनिमय दर, तथा भित्र्याइएको सुनको परिमाणमा कमी आएसँगै नेपालमा सुनचाँदी महँगिएको हो।
बढ्दो मूल्यका कारण आम उपभोक्ता भने दबाबमा परेका छन्, जबकि लगानीकर्ताहरूका लागि भने सुन–चाँदी सुरक्षित सम्पत्तिको रूपमा अझै आकर्षक मानिँदै आएको छ।
Facebook Comment