आजको खग्रास चन्द्रग्रहण — समय, सूतक, शास्त्रीय मान्यता र राशिमाथिको प्रभाव

काठमाडौं । आज भाद्र शुक्ल पूर्णिमा अर्थात् आइतवार खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। यो चन्द्रग्रहण नेपाल, भारत, चीन, थाइल्याण्डसहित सम्पूर्ण एशिया, अमेरिका, युरोप, अफ्रिका, अष्ट्रेलियामा आंशिक वा पूर्ण रूपमा देखिनेछ। ज्योतिषीय रूपमा अति महत्वपूर्ण मानिने यो चन्द्रग्रहणले धार्मिक, वातावरणीय र मानसिक प्रभावहरू पार्ने विश्वास गरिन्छ।

ग्रहणको समय (नेपाली समयअनुसार):

स्पर्श (सुरुआत): राति १०:११ बजे

मध्य: राति ११:५६ बजे

मोक्ष (अन्त्य): मध्यरात १:४१ बजे

कुल अवधि: करिब ३ घण्टा ३० मिनेट

ग्रहण दक्षिण–पूर्व (आग्निकोण) बाट प्रारम्भ भई दक्षिण–पश्चिम (नैऋत्य) तर्फ मोक्ष हुनेछ।

सूतककाल: के हो र कहिलेदेखि?

चन्द्रग्रहणमा सूतक ९ घण्टा अघिदेखि लाग्छ।

तसर्थ, आज दिउँसो १:११ बजेपछि सूतक सुरू भइसकेको छ।

सूतक अवधिमा बालक, वृद्ध, रोगी र गर्भवती महिला बाहेक सबैलाई भोजन गर्न निषेध गरिएको छ।

ग्रहणकालमा के गर्न हुँदैन?

शास्त्र अनुसार ग्रहणकाल अत्यन्त संवेदनशील हुने भएकाले यस अवधिमा निम्न कार्यहरू गर्न निषेध गरिएको छ:

भोजन पकाउने, खाने वा भण्डारण गर्ने

कपाल काट्ने, दन्तमञ्जन गर्ने, शारीरिक सम्पर्क गर्ने

पूजा, शुभकार्य, महत्त्वपूर्ण कागजातमा हस्ताक्षर

देवताका मूर्ति, तुलसीको बोट आदिमा स्पर्श

भूमिखनन, मिटिङ, वैवाहिक वा गृहप्रवेशजस्ता कार्यहरू सुरु गर्नु

गर्भवती महिलाहरूले घरबाहिर ननिस्कनु, वा निस्कनै परेमा तुलसीपत्र, कुश, वा चन्दन साथमा राख्न सुझाव दिइन्छ।

ग्रहणकालमा के गर्ने? (धार्मिक र सकारात्मक अभ्यास)

स्नान: ग्रहणकालमा नदी, पोखरी, तीर्थस्थलमा स्नान गरी पुण्य प्राप्त

दान: जनावर, असहाय वा जरुरतमन्दहरूलाई अन्न, कपडा, औषधि वा सेवा

जप–ध्यान–मन्त्र: आफ्नो दीक्षा मन्त्र, वा शिव, विष्णु, दुर्गा आदि देवी–देवताका मन्त्र जप

धार्मिक ग्रन्थ अध्ययन: गीता, उपनिषद्, रामायण, पुराण आदि

भजन, कीर्तन र सत्सङ्ग सुन्ने वा गाउने

ब्रह्मचर्यको पालना र सकारात्मक सोचको अभ्यास

शास्त्र भन्छ: “ग्रहणकालमा गरिएको धार्मिक कर्म साधारण समयमा भन्दा हजारौँ गुणा बढी फलदायी हुन्छ।”

खानपान सम्बन्धी उपायहरू

पकाएका परिकार ग्रहणकालमा नछाड्ने

दूध, दही, घ्यू, अचार, पानी आदि खाद्यपदार्थमा तुलसीपत्र वा कुश राख्दा विकिरणबाट बच्न सकिन्छ

गाईको गोबर घरको मूलढोका वा भान्सा नजिक राख्दा नकारात्मक ऊर्जा शोषण हुने विश्वास

ग्रहण कुन नक्षत्रमा पर्छ?

यो खग्रास चन्द्रग्रहण शताभिषा र पूर्वभाद्र नक्षत्र (कुम्भ राशि) मा परेको छ।

धर्मसिन्धु अनुसार:

पूर्णग्रहण भएमा त्यस नक्षत्रमा ६ महिना सम्म शुभकार्य वर्जित

विशेष प्रभाव:

शताभिषा र पूर्वभाद्र नक्षत्रमा जन्मिएका जातक

कुम्भ राशि र कुम्भ लग्न भएका जातकहरूले विशेष सावधानी अपनाउनु उचित

१२ राशिमाथिको ग्रहण प्रभाव

मेष :  लाभ मिल्नेछ
वृष :  सुख प्राप्त हुनेछ
मिथुन :  मानहानि हुन सक्छ
कर्कट :  कष्ट आउनेछ
सिंह :  पीडादायी समय
कन्या :  सुखद परिणाम
तुला  : मानसिक चिन्ता
वृश्चिक :  व्यथा वा स्वास्थ्य समस्या
धनु  : श्री प्राप्ति
मकर :  धन वा प्रतिष्ठामा क्षति
कुम्भ  : घात–अपघातको सम्भावना
मीन :  खर्च बढ्ने संकेत

यदि तपाईंको कुण्डलीमा चन्द्रग्रहण योग छ भने शिव वा सूर्यको उपासना विशेष फलदायी मानिन्छ।

ग्रहण खगोलीय घटना हो — यसबाट डर होइन, सजगता र आत्मशुद्धि आवश्यक हुन्छ।
ग्रहणले नकारात्मक ऊर्जा मात्र ल्याउँदैन, धार्मिक अभ्यास, दान–पुण्य र ध्यानमार्फत आत्मकल्याण गर्न सकिने शुभ अवसर पनि हो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *