बुद्धिजीवीले सरकारका राम्रा काम नदेखेको ओलीको गुनासो, पुतलीको कथा सुनाउँदै व्यंग्य

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले गरेका सकारात्मक काम बुद्धिजीवीहरूले नदेखेको भन्दै गुनासो गरेका छन्।

ललितपुरको गोदावरीमा जारी पार्टीको विधान महाधिवेशनको तेस्रो दिन आइतबार हलमा सम्बोधन गर्दै उनले लिपुलेक–लिम्पियाधुरा नेपालको भूभाग हो भन्ने कुरा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दा समेत बुद्धिजीवीहरूले बेवास्ता गरेको टिप्पणी गरे।

प्रधानमन्त्री ओलीकै सचिवालयका अनुसार, उनले सामाजिक सञ्जाल दर्ता अनिवार्य गर्ने सरकारको निर्णयलाई कतिपय बुद्धिजीवीहरूले वाक स्वतन्त्रता कुण्ठित गरिएको भनेर भ्रम फैलाएकोमा आश्चर्य प्रकट गरेका थिए। उनले भने, “मुलुकको सार्वभौमसत्ता र राष्ट्रियताको पक्षमा सरकारले एक वर्षदेखि सामाजिक सञ्जाल दर्ता हुन आग्रह गर्दै आएको हो। कानुनको दायरामा आउन नमानेपछि मात्रै सञ्चालनमा रोक लगाइएको हो। तर कतिपय बुद्धिजीवीहरूले वाक स्वतन्त्रताको अर्थ बुझेनन्।”

सोही क्रममा उनले प्रतिनिधिहरूमाझ एउटा कथा सुनाए। उनका अनुसार, “एउटा पुतली रस खाएर निदायो। उसले सपनामा मान्छे भएको देख्यो—डाक्टर, पाइलट, इन्जिनियरदेखि मन्त्रीसम्म भएको सपना देख्यो। तर जब उठ्यो, पुतलीकै रूपमै थियो। अहिलेका बुद्धिजीवीहरू पनि उस्तै छन्—सरकारले गरेका राम्रा काम नदेख्ने, उल्टो नराम्रा कुरा मात्र खोज्ने।”




Leave a Reply

Your email address will not be published. Required fields are marked *