एमाले निर्वाचन आयोगको प्रमुखमा पुनः विजय सुब्बा, झण्डामा ऐतिहासिक रूपान्तरण

काठमाडौं । नेकपा (एमाले) को विधान महाधिवेशनले पुनः डा. विजय सुब्बालाई पार्टी निर्वाचन आयोगको प्रमुख नियुक्त गरेको छ । पहिलो विधान महाधिवेशनमा समेत सुब्बाकै नेतृत्वमा आयोग गठन भएको थियो ।

उनको अध्यक्षतामा आयोगमा २५ सदस्य रहनेछन् भने, उपप्रमुख सानुराजा पोखरेल र सचिव कुन्साङ लामा पनि निरन्तरता पाएका छन् ।

यसैबीच, स्थापनाको ७५ वर्षपछि एमालेले आफ्नै झण्डाको रंगमा ऐतिहासिक परिवर्तन गरेको छ । अब एमालेको झण्डा रातो पृष्ठभूमिमा सुनौलो हसिया–हथौडासहित देखिनेछ ।

सामान्यतया नेपालका कम्युनिष्ट पार्टीहरूले सेतो हसिया–हथौडा प्रयोग गर्ने परम्परा भए पनि, एमालेले चिनियाँ कम्युनिष्ट पार्टीको झण्डालाई झल्काउने सुनौलो प्रतीक रोज्दै नयाँ पहिचान बनाएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *