काठमाडौंमा यसरी गर्दैछन् जेनजीले प्रदर्शन {तस्बिर}

काठमाडौं । राजधानीको माइतीघर मण्डलामा जेनजी पुस्ताले सोमबार बिहानदेखि भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध शान्तिपूर्ण तर उत्साहजनक प्रदर्शन सुरु गरेका छन्। बिहान ९ बजेदेखि भेला भएका उनीहरूले विभिन्न नारासहित सडकमा आवाज बुलन्द गरेका छन्।

सन् १९९७ देखि २०१२ भित्र जन्मिएका युवापुस्तालाई ‘जेनजी’ भनिन्छ। प्रदर्शनमा आएका कतिपय विद्यार्थीहरू कलेजकै पोशाकमा सहभागी भएका छन्। उनीहरूले “गाउँ–गाउँबाट उठ, बस्तीबस्तीबाट उठ”, “यो देशको मुहार फेर्नलाई”, “यो नेपाली शीर उचाली संसारमा” लगायतका राष्ट्रप्रेमी गीत गाएर आन्दोलनलाई उत्साहपूर्ण बनाएका छन्।

त्यस्तै, युवाहरूले “नयाँ युवाले के भन्छ, खुलेर बोल्न दे भन्छ”, “जय देश, जय राष्ट्रियता”, “आवर फ्युचर इज नट फर सेल” जस्ता नाराले लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन्।

यो आन्दोलनलाई विभिन्न राजनीतिक दलका सदस्य, जनप्रतिनिधि, कलाकार र विभिन्न पेशा–व्यवसायमा संलग्न व्यक्तिहरूले खुलेआम समर्थन गरेका छन्।

शान्तिपूर्ण ढंगले भइरहेको प्रदर्शनलाई लक्षित गर्दै माइतीघर मण्डलामा सुरक्षा व्यवस्था कडा पारिएको छ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *