भ्रष्टाचारविरोधी आन्दोलन : जेनजीले सरकारी र निजी वेबसाइट ह्याक गरेर नाराबाजी

काठमाडौं । देशका विभिन्न भागमा युवाहरू भ्रष्टाचारविरोधी प्रदर्शनमा उत्रिरहेका बेला केही समूहले वेबसाइट ह्याकमार्फत पनि आफ्नो आन्दोलनलाई सशक्त पारेका छन्।

महान्यायाधिवक्ता कार्यालयको आधिकारिक वेबसाइट ह्याक गरी जेनजी पुस्ताले विभिन्न नारा लेखेका छन्। “जेनजी राइजिङ नेपाल” ह्यासट्यागसहित उनीहरूले आगामी बानेश्वर प्रदर्शनमा सहभागी हुन युवालाई आह्वानसमेत गरेका छन्।

यस्तै, पद्मकन्या स्कुल, होटल एसोसिएसन नेपाललगायत अन्य संस्थाका वेबसाइट पनि ह्याकरको कब्जामा परेका छन्।

जेन–जी पुस्ताले सडकमा मात्र नभई डिजिटल क्षेत्रमा समेत आवाज उठाउन थालेपछि आन्दोलन अझै व्यापक बन्दै गएको देखिन्छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *