काठमाडौंमा कर्फ्यु क्षेत्र विस्तार, शीतल निवासदेखि सिंहदरबारसम्म आवतजावत निषेध
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु क्षेत्रलाई थप विस्तार गरेको छ। यसअघि बानेश्वर–तिनकुने क्षेत्रमा मात्र सीमित कर्फ्यु जारी गरिएकोमा पछिल्लो आदेशअनुसार राजधानीका अन्य संवेदनशील क्षेत्रहरूलाई समेत कर्फ्यु क्षेत्र घोषित गरिएको हो।
प्रशासनका अनुसार राष्ट्रपतिको कार्यालय शीतल निवास, उपराष्ट्रपतिको कार्यालय लैनचौर, नारायणहिटी दरबार संग्रहालय र सिंहदरबार परिसरमा पनि कर्फ्यु लागू गरिएको छ।
प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेशअनुसार आज दिउँसो १ बजेदेखि राति १० बजेसम्म ती क्षेत्रमा सर्वसाधारणको आवतजावत पूर्ण रूपमा निषेध गरिएको छ।



Facebook Comment