जेनजी प्रदर्शनमा प्रहरीको गोली: एक प्रदर्शनकारीको मृत्यु, दर्जनौं घाइते

 काठमाडौं ।  राजधानीमा जारी जेनजी पुस्ताको प्रदर्शन प्रहरीसँगको झडपमा हिंस्रक बन्दै गएपछि गोली लागेर घाइते भएका एक प्रदर्शनकारीको मृत्यु भएको छ।

घाइते प्रदर्शनकारीलाई उपचारका लागि नयाँबानेश्वरस्थित सिभिल अस्पताल पुर्‍याइएको थियो। तर उपचारको क्रममा उनको ज्यान गएको अस्पतालका निर्देशक मोहन रेग्मीले पुष्टि गरेका छन्।

सिभिल अस्पतालका अनुसार हाल ७०–८० जना घाइतेहरूको उपचार जारी छ। मृत्यु भएका व्यक्तिको परिचय खुल्न बाँकी रहेको छ भने यसबारे विस्तृत विवरण पछि सार्वजनिक गरिनेछ।

घटनापछि राजधानीमा सुरक्षा सतर्कता कडा पारिएको छ र प्रदर्शन शान्तिपूर्ण बनाइराख्न प्रशासनले आवश्यक कदम चालिरहेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *